Home मुख्य समाचार मामाघर नेपाललाई अष्ट्रेलियाबाट फर्निचर सहयोग

मामाघर नेपाललाई अष्ट्रेलियाबाट फर्निचर सहयोग

अष्ट्रेलियामा बस्दै आएका मकवानपुरका युवाहरुको समूहले मामाघर नेपाललाई सहयोग गरिएकोे दराज ।

हेटौंडाः हेटौैंडामा रहेको मामाघर नेपाललाई अष्ट्रेलियाबाट फर्निचर सहयोग प्राप्त भएको छ । अष्ट्रेलियामा बस्दै आएका मकवानपुरका युवाहरुको समूहले हेटौंडा–११ स्थित मामाघर नेपाललाई फर्निचर सहयोग गरिएका हुन् ।

सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई मकवानपुर कप्युनिटी अष्ट्रेलिया समूहले ४ वटा दराज सहयोग गरिएको मामाघर नेपालका संरक्षक अर्पण पराजुली (मामा)ले जानकारी दिनुभयो । मामाघर नेपालमा आश्रित भान्जाहरुले प्रयोग गर्नेगरी ५० हजार रुपैयाँ मूल्य बराबरको दराज प्राप्त भएको संरक्षक पराजुलीले बताउनुभयो ।

विदेशी भुमिमा आफ्नो श्रम र पसिना बगाएर कमाएको पैँसाले केहीँ रकम छुट्टाएर अनाथ/असहाय सडक बालबालिकाको कल्याणको लागि गरिएको सहयोगको लागि संरक्षक पराजुलीले आभार व्यक्त गर्नुभएको छ ।

आइतबार मकवानपुर कम्युनिटी अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष विरोध थिङ, सचिव शुभेच्छा लामिछाने, कोषाध्यक्ष, विषम गौतम, जनसम्पर्क अधिकारी सज्जन कार्की, सदस्यहरु अमित आचार्य, सुजन अर्याल, राजिव सापकोट, प्रताप लामा, जीवन जोशी, सुशील डंगोल, सौरभ बानियाँ, संरक्षक बिक्रम शर्मा खरेल, सल्लाहकार सिद्धार्थ लामिछाने लगायतकाको समूहले सहयोग प्रदान गरेका थिए ।

Exit mobile version