Home मुख्य समाचार बागमती प्रदेशभरका मिडियाहरुको नविकरण र रोयल्टी पूर्ण छुट गर्नुपर्नेः नगरे आन्दोलन गर्ने...

बागमती प्रदेशभरका मिडियाहरुको नविकरण र रोयल्टी पूर्ण छुट गर्नुपर्नेः नगरे आन्दोलन गर्ने वानको चेतावनी

हेटौंडाः बागमती सरकारले ल्याएको आगामी बजेटमा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आगामी बजेट प्रदेशमा रहेका स्वतन्त्र रेडियो, टेलिभिजन, अन्य संचार माध्यम मैत्री नभएको भन्दै वानले आपत्ति जनाएको हो ।

वान नेपालको उपाध्यक्ष उज्ववल चौलागाईले बिहीबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उहाँले प्रदेश सरकारले मिडियाहरुको नविकरण तथा रोयल्टी पुर्ण छुट गर्ने बातावरण बनाउन मन्त्री ढुंगेललाई ध्यनाकर्षण गराउनुभएको हो । यसो नगरेमा प्रदेश भरका सम्पूर्ण मिडियाहरु आन्दोलनमा जाने वान नेपालले प्रदेश सरकारलाई चेतावनी समेत दिएको छ ।

Exit mobile version