Home मुख्य समाचार कैलाश गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

कैलाश गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

रुहेल सिआरसीकी अध्यक्ष सुमित्रा काफ्ले (बायाँ) आइतबार कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ (बीचमा) लाई सहयोग सामग्री हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । आइतबार हेटौंडा–११ स्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र (रुहेल सिआरसी) ले एक थान अक्सिजन कन्सन्ट्रेटर र १० थान पिपिई सहयोग गरेको हो ।

रुहेल सिआरसीकी अध्यक्ष सुमित्रा काफ्लेले कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाबाट सहयोगका लागि अनुरोध भएबमोजिम सहयोग गरिएको रुहेल सिआरसीले जनाएको छ । सहयोग सामग्री हस्तान्तरणका लागि रुहेल सिआरसीका कोषाध्यक्ष गुणराज पाठक, सदस्य अजिता कटुवाल पनि सहभागी हुनुहुन्थ्यो ।

सांग्रिला डेभलपमेन्ट एशोसिएशनले शनिबार कैलाश गाउँपालिकालाई हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीहरु ।

यसअघि शनिबार सांग्रिला डेभलपमेन्ट एशोसिएशनले पनि कोभिड महामारी रोकथाम तथा संक्रमितहरुको उपचारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । सांग्रीलाले अक्सिमिटर २५ थान, १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ५ वटा, २० लिटर क्षमताको अक्सिजन सिलिण्डर ३ वटा, ४० लिटर क्षमताको अक्सिजन सिलिण्डर २ वटा, एन्टीजेन टेस्ट किट पा“च सय, थर्मल गन ६ थान, सहित पिपिई, सनिटाइजर, ह्याण्डवासलगायतका सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभएको छ ।

Exit mobile version