Home मुख्य समाचार मकवानपुर कोरिया मञ्चले गर्‍यो हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

मकवानपुर कोरिया मञ्चले गर्‍यो हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

हेटौंडाः मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाले हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण सहयोग गरेको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको हो । मेयर हरिबहादुर महतले अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई स्वास्थ्य साम्रगी हस्तान्तरण गर्नुभएको हो ।

मकवानपुर कोरिया मञ्चले १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स्, दुई हजार पिस मास्क र हेल्थ डेस्कलाई ५० कार्टुन सहयोग गरेको थियो । मञ्चले आज मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने मञ्चका पुर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष सुर्य रुम्बा, पुर्व अध्यक्ष रमेश उप्रेती, राजकुमार गोले, दुर्गा दाहाल र महासचिव शुभराज भोम्जन लगायतको उपस्थिती रहेको थियो ।

Exit mobile version