Home मुख्य समाचार युवा नेता गणेश लामाको गिरफ्तारीप्रति नेता बानियाँको आपत्ती

युवा नेता गणेश लामाको गिरफ्तारीप्रति नेता बानियाँको आपत्ती

ईन्द्रबहादुर बानियाँ

हेटौंडाः नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ती जनाउनुभएको छ । नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उहाँले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताउनुभएको हो । विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिएपनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दावी गर्नुभएको छ ।

नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै निन्त्रणमा लिएपनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावस्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।

निषेधाज्ञा उलंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । गत आम निर्वाचनमा वागमती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।

Exit mobile version