Home खेलकुद प्याराफिट बनाउन सहयोग आउने क्रम जारी

प्याराफिट बनाउन सहयोग आउने क्रम जारी

हेटौंडाः पिप्ले युवा क्लबले हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा निर्माण गरिरहेको प्याराफिट निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको छ । रंगशालामा प्याराफिट निर्माण गर्नका लागि पछिल्लो पटक १ लाख २१ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

प्याराफिट निर्माणका लागि विभिन्न ४ दाताहरुले सो रकम सहयोग स्वरुप प्रदान गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले बताउनुभयो । हेटौंडा–५ निवासी सरोज पोखरेलले १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै राम बहादुर पराजुलीबाट १० हजार रुपैयाँ, संगीता श्रेष्ठबाट ५ हजार ५ सय ५५ रुपैयाँ र अर्जुन कर्माचार्यबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यस्तै प्याराफिट निर्माणकै लागि प्रभात किरण खड्काले १ ट्रिपर गिटी र १ ट्रिपर बालुवा सहयोग गर्नुभएको छ । यसअघि पनि रंगशाला निर्माणका लागि विभिन्न समयमा गरी दाताहरुबाट सहयोग प्राप्त भएको छ ।

Exit mobile version