Home मुख्य समाचार बागमती प्रदेश सरकारले बिहीबार आगामी वर्षको नीति, कार्यक्रम प्रस्तुत गर्ने

बागमती प्रदेश सरकारले बिहीबार आगामी वर्षको नीति, कार्यक्रम प्रस्तुत गर्ने

हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।

Exit mobile version