Home मुख्य समाचार हेटौंडा अस्पतालमा जडित अक्सिजन प्लान्टको ३८ लाख लागत मकवानपुर घर जग्गा व्यवसायी...

हेटौंडा अस्पतालमा जडित अक्सिजन प्लान्टको ३८ लाख लागत मकवानपुर घर जग्गा व्यवसायी संघले दियो

मकवानपुर घर जग्गा व्यवसायी संघले अक्सिजन प्लान्टको ३८ लाखको चेक हस्तान्तरण गर्न आयोजित कार्यक्रम

हेटौंडाः हेटौैडा अस्पतालमा जडान भएको अक्सिजन जेनरेटर प्लान्टको ३८ लाख रुपैयाँ मकवानपुर घरजग्गा व्यवसायी संघले दिएको छ । २ हप्ता अघि हेटौंडा अस्पतालमा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा १८ अक्सिजन सिलिन्डिर उत्पादन हुने प्लान्ट जडान गरिएको थियो ।

आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजिका प्रमुख दिपक खनाललाई मकवानपुर घर जग्गा व्यवसायी संघले उपलब्ध गराएको ३८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । मेयर महतले राम्रो कामको थालनी गरिहाल्नुपर्ने भन्दै प्लान्ट जडान गर्न आलोचना भएपनि तत्काल निर्णय लिएको बताउनुभयो । उहाँले हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएर बिरामीहरु मनु नपर्ने बताउनुभयो । हेटौंडा अस्पतालमा डायलासिस गर्ने मेशिन आइसकेकोले तत्काल निशुल्क उपचार सेवा दिन अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई मेयर महतले निर्देशन समेत दिनुभएको छ ।

यसैगरी घर जग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष धु्रव घिमिरले युवा व्यवसायीहरु मिलेर प्लान्टको रकम दिएको बताउनुभयो । नगरलाई आर्थिक व्ययभार नपर्ने गरी व्यवसायीहरुले यस्तो निर्णय गरेर प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले उपलब्ध गराएको उहाँको भनाई छ ।

उहाँले घरजग्गा व्यवसायी संघले यस्तो सहयोग अरु पनि उपलब्ध गराउँदै जाने भन्दै महामारीमा क्विक निर्णय लिएर प्लान्ट राख्नलाई मेयर महतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । तत्काल निर्णय लिन सकेका कारण हेटौंडा अस्पतालमा तत्काल प्लान्ड जडान गर्न सफल भएको अध्यक्ष घिमिरले जानकारी दिनुभयो । चेक हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाई लगायत अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version