Home मुख्य समाचार हेटौंडाका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग

हेटौंडाका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग

असाहय तथा विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिदै ।

हेटौंडाः कोभिड -१९ को महामारीमा हेटौंडाका असहाय तथा विपन्न १ सय १ परिवारलाई शनिबार खाद्यान्न सामग्री सहयोग गरिएको छ । सचेत नागरिक युवा समुह हेटौंडाको आयोजनामा खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

करिब १ लाख ५० हजार रुपैयाँ रकम बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको सचेत नागरिक युवा समुहले जानकारी दिएको छ । आलु, मुसुरोको दाल, तेल, चामल, नुन जस्ता खाद्यान्न सामग्री सहयोग गरिएको युवा समुहले जनाएको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य भएकोले विभिन्न सहयोगी दाताहरूको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरिएको बताइएको छ ।

सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठको सभाध्यक्षता तथा घर जग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेको प्रमुख आतिथ्यमा भएको सहयोग कार्यक्रम सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा भएको थियो ।

Exit mobile version