Home मुख्य समाचार जातकै आधारमा फरक व्यवहार गर्नु दुखदः मन्त्री बस्नेत

जातकै आधारमा फरक व्यवहार गर्नु दुखदः मन्त्री बस्नेत

हेटौंडाः जातकै आधारमा नागरिकलाई फरक व्यवहार गर्नु अमानवीय व्यवहार भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताउनुभएको छ । उहाँले आज परेको जातिय भेदभाव तथा छुवाछुत विरुद्धको दिवसको अवसरमा शुभकामना दिनुहुँदै एक्काइसौ सताब्दीमा जातीय छुवाछुत गर्ने, जातकै आधारमा फरक व्यवहार हुनु दुःखद भएको बताउनुभयो ।

नेपालमा जातीय भेदभाव तथा छुवाछुत मुक्त घोषणा भएको डेढ दशक पुरा भएको छ । उहाँले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ कार्यान्वयन गर्न र आवश्यक प्रदेश कानुन बनाउन तथा दलित सशक्तिकरणको लागि आवश्यक नीति, कानुन निर्माण गर्न प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जातीय छुवाछुट जस्तो कुप्रथा अन्त्य गर्दै सामाजिक न्याय कायम गर्न सबै जातजाती र समुदायमा आह्वान समेत गर्नुभएको छ ।


Exit mobile version