Home मुख्य समाचार नेपाल जेसीजद्वारा हेटौंडा अस्पताललाई १०१ सिलिण्डर अक्सिजन सहयोग

नेपाल जेसीजद्वारा हेटौंडा अस्पताललाई १०१ सिलिण्डर अक्सिजन सहयोग

हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुहुँदै नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनाल ।

हेटौंडाः नेपाल जेसीजले हेटौंडा अस्पताललाई १०१ सिलिण्डर अक्सिजन सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीको पहलमा नेपाल जेसीजमार्फत बुधबार अक्सिजन सहयोग गरिएको हो ।

हेटौंडा अस्पतालमा कोभिड–१९ का विरामीको उपचारका लागि आवश्यक अक्सिजन हस्तान्तरणका लागि नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनाल आफैं उपस्थित हुनुभएको थियो । खनालले हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तरण गर्नुभएको हो ।

अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, कानूनी सल्लाहकार गोकुल सापकोटा, तालिम संयोजक मनिष श्रेष्ठ, जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेत, जेसीआई नारायणगढका अध्यक्ष बासुदेव दवाडीको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version