Home मुख्य समाचार २४ घण्टामा हेटौंडा अस्पतालबाट १४ जना डिस्चार्ज

२४ घण्टामा हेटौंडा अस्पतालबाट १४ जना डिस्चार्ज

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितहरु १४ जना डिस्चार्ज भएका छन् । श्वासप्रश्वासमा समस्या भएका उनीहरु सहज भएसँगै डिस्चार्ज भएका हुन् ।

अहिले अस्पतालमा ३८ जना संक्रमितहरु उपचाररत छन् । हेटौंडा अस्पतालको स्टेप डाउन वार्डमा ५ महिला र ३ पुरुष छन् । आइसियूमा ६ महिला र ४ पुरुष, एचडियूमा १० महिला र ७ पुरुष, आकस्मिक कक्षमा २ महिला र १ पुरुष छन् । अस्पतालमा अहिले गम्भिर कोभिडका बिरामीहरु २३ महिला र १५ पुरुष उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । गएको २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।

यो सँगै अस्पतालमा कुल मृत्यु हुनेको संख्या ४५ पुगकोे छ । अस्पतालमा अहिलेसम्म ४४ महिला र ६४ पुरुष गरी १ सय ८ जना डिस्चार्ज भएका छन् । यस्तै १२ जनालाई भने अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत अधिकांशलाई हाइ फ्लो अक्सिजन दिनुपरेको छ । अस्पतालमा अहिले २ सय ५० अक्सिजन सिलिन्डर स्टक रहेको छ ।

Exit mobile version