Home मुख्य समाचार राष्ट्रिय सभा उपनिर्वाचनः मतदाताहरु आउने क्रम जारी

राष्ट्रिय सभा उपनिर्वाचनः मतदाताहरु आउने क्रम जारी

हेटौंडाः हेटौंडाको भुटनदेवि माविमा सुरु भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदाताहरु आउने क्रम जारी रहेको छ ।

मतदानस्थलमा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापासँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायत अन्य नेताहरु उपस्थित छन् । आ–आफ्नो नेताहरुलाई दलका प्रतिनिधिहरुले मतदाता नामावली खोज्न सहयोग गरिरहेका छन् ।

आज बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि मतदान भइरहेको छ । सदस्यका लागि एमाले उम्मेदवार गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्ण बहादुर तामाङ मैदानमा छन् ।

Exit mobile version