Home मुख्य समाचार अब संयुक्त सरकार

अब संयुक्त सरकार

नेपाली राजनीतिक ईतिहासमा सबै भन्दा शक्तीशाली सरकारका रुपमा गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारले तीन बर्षमै संसदबाट विश्वास गुमाएका छन् । आफ्ना सहपाठी तथा सहकर्मी तथा अग्रजहरुलाई व्यवस्थापन नगर्दाको परिणाम तीन बर्षमा संसदमा प्रधानमन्त्री ओली एक्लिनु परेको छ । आफ्नै दलका सांसदहरुको समेत विश्वास पाउन नसके पछि ओली प्रधानमन्त्री पदबाट च्यूत भएका छन् । नागरिकलाई सपना देखाउने काम ओलीले प्रधानमन्त्रीका रुपमा गरेका हुन् । जनताका मुर्छित सपना र आकांक्षा जगाउने काम भाषणा मात्र भए तर व्यवहारमा हुन नसके पछि आफैले देखाएका सपना तीन बर्ष बीचमा सत्ता बर्हिरगमनको कारण बनेका छन् । पुरा गर्न नसक्ने कुरा गर्ने तर काम नगरे पछि सरकार प्रति आम नागरिक पनि निराश बनेको अवस्था हो ।

राजनीतिक दाउपेच नभएमा अब दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा संयुक्त सरकार गठन हुने छ । यसरी गठन भएको सरकारले विश्वासको मत लिनु पर्ने हुन्छ । संयुक्त सरकारले विश्वासको मत नपाए फेरी ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाईने संवैधानिक व्यवस्था हो । तर त्यो भन्दा अघि नै अर्को सरकार गठन हुन नसक्ने अड्कलबाजीमा संसद विघटनको आशंका पनि छ । तर विश्वासको मत असफल भए पछि पद मुक्त भएका प्रधानमन्त्रीले संसद विघटनको अधिकार राख्दैनन् भन्ने मान्यता विपरित अन्यथा निर्णय हुन सक्ने आशंका पनि छ । तर अव संसद विघटन नहुने ओलीको प्रतिद्धता अनुसार अर्को सरकार गठनका लागि बाटो खुलेको छ ।

केपीले जगाई दिएको जनताको आकांक्ष अव बन्ने सरकारले पनि पुरा गर्न सक्ने अवस्था छैन् । भाषणबाटै जनतालाई आश्वस्त पार्न सक्ने कला ओलीमा थियो तर अब जो प्रधानमन्त्री बने पनि ओलीको जस्तै कलायुक्त बोल्न सक्ने नेतृत्व देखिदैन् । कुरा भन्दा काम गर्ने क्षमता आवश्यक छ । अव बन्ने प्रधानमन्त्री र सरकारले बोल्ने भन्दा काम गर्न सक्नु पर्दछ । जनताका मुर्छित सपना व्युतीएको अवस्था छ । ति चाहना पुरा गर्न तर्फ काम गर्ने क्षमता अवको नेतृत्वले देखाउन सक्नु पर्दछ । सरकार टिक्ने संवैधानिक व्यवस्था भन्दा पनि नागरिकको विश्वास हो । कुर्सीमा बसीरहनु मात्र सरकार सफल हुनु होईन उसले गर्ने कर्मबाट नागरिकले पाउने सेवा सुविधाका अधारमा सरकारको आयु निर्धारण हुने गर्दछ ।

दुई तिहाई शक्तीका साथ गठन भएको सरकार तीन बर्ष टिक्न सकेन भने अव बन्ने संयुक्त सरकारको आयु गठन भएका दिन देखिनै गणना हुने छ । प्रधानमन्त्री वा मन्त्री बन्ने भन्दा नागरिक आवश्यकता सम्वोधन गर्ने मुख्य उदेश्य खाँचो छ । तर आज सम्मका दल र तीनको नेतृत्वबाट त्यो आश गर्नु बेकार हुदै आएको छ । सुझवुझ पूर्ण निर्णयका साथ सक्षम नेताको नेतृत्वमा अव दुई बर्ष सरकार चलाउने कार्ययोजना साथ सरकार गठन हुनु पर्दछ । प्रधानमन्त्री पद यतिबेला खाली भएको छ । संसदको विश्वास जित्न नसके पछि प्रधानमन्त्री पद रिक्त भएको अवस्था हो । रिक्त पद पुर्ति मात्र भन्दा स्पस्ट दृष्टिकोण र योजना सहितको नेतृत्व आवश्यक छ ।

Exit mobile version