Home मुख्य समाचार राष्ट्रिय सभा सदस्यमा बागमतीबाट नेमकिपाका कृष्ण तामाङको उम्मेदवारी

राष्ट्रिय सभा सदस्यमा बागमतीबाट नेमकिपाका कृष्ण तामाङको उम्मेदवारी

हेटौंडाः बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्ण बहादुर तामाङको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशसभाको नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई प्रस्तावक र नेमकिपाकै सिर्जना सैजुको समर्थनमा कृष्ण बहादुर तामाङले राष्ट्रिय सभामा आफ्नो उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवारी दर्ता गराएसँगै उहाँले हारजित जे भएपनि पार्टीको निर्देशन अनुसार चल्ने तथा जितेमा देश र जनताको लागि काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।

Exit mobile version