Home मुख्य समाचार मकवानपुरमा मंगलबार स्वाब दिएका ९१ मध्ये ४४ जनामा कोभिड–१९ पुष्टि

मकवानपुरमा मंगलबार स्वाब दिएका ९१ मध्ये ४४ जनामा कोभिड–१९ पुष्टि

हेटौंडाः मकवानपुरमा ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो १२ बजे हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार स्वाब संकलन भएको ९१ जनामध्ये ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

४३ जनाको पिसिआर परीक्षण गर्दा र एक जनाको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएको ४४ मध्ये मकवानपुरको राक्सिराङ, भीमफेदी र बकैयाँका १/१ जना छन् । यस्तै २ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड पुष्टि भएको थियो ।

Exit mobile version