Home मुख्य समाचार मुख्यमन्त्री डोरमणि पौडेलले गरे कोभिड–१९ उपचार कक्षको अवलोकन

मुख्यमन्त्री डोरमणि पौडेलले गरे कोभिड–१९ उपचार कक्षको अवलोकन

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललमा संचालनमा आउन लागेको कोभिड–१९ उपचार कक्षको अवालोकन गर्नुभएको छ ।

शुक्रबार दिउँसोबाट संचालनमा ल्याइने उपचार कक्षको अवलोकन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक सामग्रीहरु तुरुन्त माग गर्न निर्देशन दिनुभएको छ । हेटौंडा अस्पतालमा १४ बेडको हाइ डिपेन्डेन्सी (एचडियू) बेड निर्माण गरेको छ । यस्तै ६ बेड हाइ फ्लो अक्सिनसहितको बेड निर्माण गरेर संचालन गर्न लागिएको कोभिड–१९ उपचार कक्षका प्रमुख डा.सागर काफ्लेले बताउनुभयो । हेटौंडा अस्पतालमा अहिले ६ भेन्टिलेटर रहेकामा ४ वटा प्रयोगमा आएका छन् । यस्तै १७ आइसियू बेड रहेको उहाँले जानकारी गराउनुभयो । हेटौंडा अस्पतालले ५० जनासम्म गम्भिर प्रकृतिका कोभिड–१९ का बिरामीहरुलाई उपचार दिन सक्ने भएको छ । अहिले १० जना उपचार कक्षमा उपचार गराइरहेका छन् ।

यसैगरी मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार हेटौंडा–६ गौरिटारस्थित हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको आइसोलेसन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधि संचालन गर्न तयार भइरहेको भवनको निरीक्षण गर्नुभएको छ । प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले मुख्यमन्त्री पौडेललाई हेटौंडा अस्पतालको एचडियू कक्ष र गौरिटारमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनहरुको बारेमा जानकारी गराउनुभएको थियो । अवलोकनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको पनि सहभागिता रहेको थियो ।

Exit mobile version