Home समाज कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

हेटौंडाः मकवानपुरमा कोरोना भाइरसविरुद्ध माघ १४ गते पहिलो डोजको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप लगाउन सुरु भएको छ । मंगलबाट मकवानपुरको ४ स्थानीय तहमा दोस्रो डोजको खोप लगाउन सुरु भएको हो ।

मंगलबार ४ स्थानीय तहमा ६ सय ४० जनाले दोस्रो डोजको खोप लगाएका हुन् । हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिर परिसरबाट ५ सय ६५ जनाले दोस्रो डोजको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट ३५, बागमतीको बेतिनी र मकवानपुरगढीको कोभिड अस्पतालबाट २०–२० जनाले दोस्रो डोजको खोप लगाएका छन् ।

मंगलबार दोस्रो डोजको खोप लिनेहरुमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बकैया र कैलाश गाउँपालिकाबाहेक अन्य स्थानीय तहले बुधबारबाट खोपको दोस्रो डोज लगाउनेछन् । बकैया र कैलाशले यही बैशाखको १० र ११ गतेमात्र खोप लगाउने कार्यक्रम तय गरेको जनाइएको छ ।

Exit mobile version