Home मुख्य समाचार हेटौंडाका इसीडी शिक्षकलाई न्यूनतम् पारिश्रमिक

हेटौंडाका इसीडी शिक्षकलाई न्यूनतम् पारिश्रमिक

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालित सरकारी प्रारम्भिक बालविकास (इसीडी) कक्षाका शिक्षकलाई न्यूनतम पारिश्रमिक दिने निर्णय हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको छ ।आइतबार बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले इसीडी कक्षाका शिक्षकलाई न्यूनतम् पारिश्रमिक प्रदान गर्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले गरेको निर्णय आगामी वर्षको बजेट तर्जुमा गर्न असार १० भित्र बस्ने नगर सभाले पारित गरेपछि कार्यान्वयनको चरणमा जानेछ ।

संघीय सरकारबाट ६ हजार र प्रदेश सरकारबाट १ हजार गरी कुल ७ हजार रुपैयाँ मासिक तलब पाइरहेका इसीडी शिक्षकले न्यूनतम पारिश्रमिक लागू भए मासिक १३ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ । न्यूनतम पारिश्रमिक लागु गर्दा हेटौंडा उपमहानगरपालिकालाई वार्षिक करिब एक करोड रुपैयाँ भार थपिनेछ ।

Exit mobile version