आचार्य ॐ कारेश्वरानन्द अवधूत

प्राकृतिक उपचारः मा हावाको महत्वपूर्ण योगदान हुन्छ । हावाबिना मनुष्य केही क्षण पनि जीवित रहन सक्दैन । हाम्रो दागि शुद्ध वायुको सेवन जीवनदायी छ । अशुद्ध वायुबाट मनुष्य रोगी हुन सक्छ , मर्न पनि सक्छ । हाम्रा फोक्साहरु, मुटु र नाडीतन्त्र प्रभावित हुन्छन् । शुद्ध वायुसेवनबाट फोक्सा हृद्य मजबूत हुन्दैछ । रगत शुद्ध हुन्छ । शरीरमा स्फूर्ति र शक्ति विद्यमान रहन्छ । वायु सम्बन्धीत सबै विकारहरुको नाशा हुन्छ । शीतल वायु प्रदेशमा गहीरा लिएर घुम्नाले शरीर स्वास्थ्य र निेरोग रहन्छ ।

वायुको आवश्यकताः प्रकृतिले हावाको रुपमा एउटा यस्तो अनमोल वस्तु प्रदान गरेको छ, जसको बिना संसारमा कुनै पनि प्राणी बाँच्नु कल्पना गर्न सकिदैन । समुद्रको भित्र बस्ने प्राणीहरु पनि हावा सेवन गर्नको लागि बिचबिचमा पानीको सतहमा आएर वायु सञ्चित गरेर फेरि समुद्रमा फर्कन्छन् । सञ्चित हावा समाप्त हुन थालेपछि फेरी सतहमा आउँन्छन् र वायु संग्रह गर्छन् । यसप्रकार हामी देख्छौं कि प्राणीको लागि हावा कति आवश्यक छ ।

शरीरमा हावाको कार्यः हाम्रो शरीरमा हावा सधै विद्यमान हुन्छ । जसको सहाराबाट शरीरका यन्त्रहरु काम गर्दछन् । शरीरयन्त्र चलाउनको लागि शुद्ध वायुको ने जरुरी पर्दछ । भोजनलाई अक्सिजनले इन्धन सरह जलाएर शरीरमा आवश्यक उष्णता (क्यालरी) उत्पन्न गर्दछ । इन्धन जलेपछि कार्वन डाइ अक्साइडमा परिवर्तित हुन्छ र शरीर बाहिर विभिन्न माध्यमहरुद्रारा निकसीन्छ । त्यो श्वासबाट निकालेर फेरी अक्सिजन भित्र लिन्छौं । यो प्रक्रिया निरन्तर चलीरहन्छ ।

आयुर्वेद र योग शास्त्र अनुसारः हाम्रो शरीरको सञ्चालन प्राणद्धारा हुन्छ । दशवटा वायुहरुको समूहलाई ‘प्राण’ भनिन्छ । वायु दुईप्रकार छन्ः– वायु र बहिः वायु पाँचवटा आन्तरिक वायु प्राण, अपान, व्यान, समान र उदान तथा पाँचवटा बाहीक वायु नाग, कुर्भ, कृकर, देवदत्त र धनञ्जय हुन । प्रत्येक वायुको आ–आफ्रनो निश्चित कार्य छ । आँतशीक वायुहरुले प्राकृतिक रुपमा रहेर शरीरका श्वसनक्रिया, पाचनक्रिया। रक्तसञ्चार प्रणाली, मलमूत्र विसर्जन र बोल्ने इत्यादि कार्यहरु सूचारु रुपले सम्पन्न गर्दछन् । त्यस्तै फैलिनु, खुम्चीनु, हई गर्नु, हाच्छछुँ गर्नु, भोक र निद्रा लाग्नु यी बाह्य कार्यहरु बाहिरँग वायुहरुले गर्दछन् ।

वायु र मनको सम्बन्धः ‘इन्द्रियाणाम् मनोनाः मनो नाथस्तु मरुत ।’ अर्थात इन्द्रियहरु (आँखा, नाक, कान, छाला, जिब्रो यी ज्ञानेन्द्रिय र हात खुट्टा, वाकी(जिब्रो) मलमुत्र विसर्जनर प्रजनन् यी कर्मेन्द्रियहरु) को मालिक मन छ । मनलाई नियत्रित गर्ने प्राणहरु छन् । यसैकारण मनको शान्त वा चञ्चल अवस्थाको कारण शान्त वा विचलित वायुहरु छन् । मनले अर्काेतर्फ इन्द्रियहरुलाई शान्त वा उत्तेजित बनाउँदछ । यसैले प्राणको नियमन अर्थात प्राणयमको महत्त्व छ ।

प्राणयामे वा श्वसनका व्यायामहरुः पात्तञ्जल योगशास्त्रमा आसन यम र नियमको अध्यासपछि प्राणयाम साधानाको निर्देश दिएको छ । ‘प्राणन यमति इत्यर्ये प्राणयाम ।’ अर्थात प्राणहरुलाई नियंत्रणमा गर्नु नै प्राणयाम हो । विश्वेब्र≈माण्डबाट अन्नत प्राणशक्ति श्वासद्धारा भित्र टानेर निश्वास द्धारा भित्रका दस्षित वायुहरु, कुविचार र अनाश्वास स्पान्दनहरु बाहिर फ्याँक्नु प्राणयामको अभ्यास हो । यसलाई बैज्ञानिक (शास्तीय) भाषमा पूरक र रचक भनिन्छ । कतिवय अवस्थामा (योग्य मार्ग दर्शनमा) श्वासलाई भित्र वा शाहिर रोक्नु अतंः या बाहरि कुम्भक आवश्यक पर्दछ । यसले विधिन्न रोगहरु निको हुन सक्छन् । यसकार स्वास्थ्य लाभ मा वायु सेवन महत्त्व धेरै छ ।