Home खेलकुद हटियामा भलिबल सुरु

हटियामा भलिबल सुरु

हेटौंडाः स्व. पुष्कर राई स्मृति हटियास्तरीय पुरुष भलिबल प्रतियोगिता हटिया हाटबजारचौरमा बिहीबारदेखि शुरु भएको छ । साविक हटिया गाविसका ८ वटा वडाका टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद रु २५ हजार रुपैयाँ र द्वितीय हुने टिमले रु १० हजार रुपैयाँसहित ट्रफि, मेडल प्राप्त गर्नेछन् ।

गैरिगाउँ सशक्त युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा १७ नम्बर वडा अध्यक्ष भैरव राई, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, वडि विल्डिङ संघ मकवानपुरका अध्यक्ष सुनिल लोप्चन, स्व. पुष्कर राईका बुबा प्रकाश राई लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सुरज भुजेलको सभाध्यक्षतामा भएको थियो ।

Exit mobile version