Home मुख्य समाचार मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सम्पन्न

मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सम्पन्न

मल्टिमिडिया तथा अनलाइन पत्रकारीता तालिमको समापनमा बोल्नुहुँदै बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रायका सचिव मदन भूजेल ।

मकवानपुरगढीः बागमती प्रदेशका पत्रकारहरुलाई दिइएको मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

प्रदेशको ११ जिल्लाका २० जना पत्रकारहरुलाई आन्तरीक मामिला तथा कानुन मन्त्रलयले ५ दिने तालिम दिएको थियो । चैत्र ५ गतेबाट मकवानपुरको मकवानपुरगढीमा सुरु भएको तालिमको सोमबार समापन गरिएको हो ।

तालिमको समापनम बोल्नुहुँदै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भूजेलले पत्रकारको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलहाई व्यवहारमा लागू गर्न समेत आग्रह गर्नुभयो । पत्रकारहरुको आवश्यकताअनुसार नै तालिम प्रदान गरेको उहाँको भनाई थियो ।

तालिमको समापनमा बोल्नुहुँदै बामगती प्रदेशको सञ्चार रजिष्ट्रार रेवती सापकोटा ।


बागमती प्रदेशको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमले बागमती प्रदेशको क्रियाशिल पत्रकारहरुलाई थप उर्जा दिएको बताउनुभयो ।

उहाँले बागमती प्रदेशको पत्रकारहरुले लेख्ने शैली र पत्रकारको गुणस्तरमा वृद्धि आउँदा देशमै परिवर्तन आउने बताउनुभयो । देशको करिब ७० प्रतिशत पत्रकार बगामती प्रदेशमा भएको भन्दै सम्पूर्ण पत्रकारहरुलाई अवसर र क्षमता वृद्धि गर्न सञ्चार रिजिष्ट्रारको कार्यालय तत्पर रहेको उहाँको भनाई थियो ।

तालिमको समापनमा प्रशिक्षक प्रवेश सुवेदी, तालिममा सहभागिहरु राजु श्रेष्ठ र बिमा लुङ्गेलीले ५ दिने तालिमको अनुभव राख्नुभएको थियो । ५ दिने तालिममा प्रशिक्षकहरु उमेश श्रेष्ठ र प्रकाश सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

Exit mobile version