Home मुख्य समाचार १३ भारतीय नागरिकलाई परिवारमा पुनर्मिलन गराउँदै मानवसेवा आश्रम

१३ भारतीय नागरिकलाई परिवारमा पुनर्मिलन गराउँदै मानवसेवा आश्रम

मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराउन लागेको भारतीय नागरिकहरु

हेटौंडाः मानवसेवा आश्रमले १३ जना भारतीय नागरिकलाई उनीहरुको परिवारमा पुनर्मिलन गराउने भएको छ । आश्रमको केन्द्रीय कार्यालय हेटौंडामा आश्रित १३ भारतीय नागरिकको परिवार सम्पर्कमा आइसकेको आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो ।

गएको ५ वर्षयता उद्धार गरिएको १३ जना भारतीय नागरिकहरुलाई आश्रमले उनीहरुको घरमै लगेर पारिवारिक पुनर्मिलन गराइदिने भएको हो । यही फागनु २६ गते उनीहरुलाई भारत लैजाने तयारी छ । भारतका जोधन निषाद, मुन्ना आलम, रोटा होजा, मोजाहिर मोहम्मद, हीराकान्त झा, अनिलकुमार मारदल, रोयकुमार यादव, गौतमकुमार शमा, बेल शर्मा, जितेन गुप्ता, अकबर हुसेन, विजय कुमार र महेशकुमार यादवको पारिवारिक पुनर्मिलन गराइने आश्रमले बताएको छ ।

यसअघि मानवसेवा आश्रमले भारतका एकसय जना र बङ्गलादेशका ५ जनालाई नेपालबाट उद्धार गरेर पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रमको अभियन्ता पौडेलका अनुसार अहिले देशभरका २१ शाखामा १ हजार ६ सय ६० जना आश्रितहरु छन् । जसमध्ये अधिकांश भारतीय छन् भने चीनका १ जना रहेका छन् । आश्रमले १ हजार ३ सय ५० जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ ।

गौतम बुद्धको जन्मस्थल हेर्न आएका व्यक्ति आश्रममा

मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराउन लागेको भारतीय नागरिकमध्ये एक हुन्, महेशकुमार यादव । उनी नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी हेर्न वि.स. २०७२ सालमा आए । विराटनगरबाट नेपाल प्रवेश गरेका उनी लुम्बिनी, सिन्धुली, ओखलढुंगा १३ भारतीय नागरिकलाई परिवारमा पुनर्मिलन गराउँदै मानवसेवा आश्रमहुदै बाग्लुङमा पुगेका थिए, जुनबेला मानवसेवा आश्रमको टिमले उनको उद्धार गर्‍यो ।

भारतीय नागरिक महेश कुमार यादव जसलाई मानव सेवा आश्रमले मनिष मानव भनेर चिन्छन् ।

२७ वर्षका यादव स्नातक दोस्रो वर्षमा भारको बिहारमा अध्ययनरत थिए । मानसिक सन्तुलन ठिक नभएपछि उनी नेपालमा काम गरेर फर्कने सोच र गौतम बुद्धको जन्मस्थान हेर्न नेपाल आएको अहिले बताउछन् । नेपालमा भनेजस्तो नभएपछि सिन्धुलीमा १ महिना नेपालीको घरमा खेतबारीमा काम गरे । भारत घर फर्किएपछि संघीय लोकसेवाको डिस्ट्रिक म्याजेस्टरीको तयारी गर्ने योजनामा यादव छन् । नेपाल बस्न पनि सन्तुष्ट र घर जान पनि आफु सन्तुष्ट रहेको उनको भनाई छ ।

गौतम बुद्धको जन्मस्थल हेर्न आएका यादवले नेपालीहरु दयालु रहेका भन्दै गौतम बुद्धको जन्मस्थल नेपाल भएको र ज्ञान लिएको क्षेत्र भारतमा रहेको बताए । मानसिक सन्तुलन ठिक नभएका उनी भारतमा हुँदादेखि नै मानसिक रोगको औषधि सेवन गर्दै आएका छन् । परिवारमा आमा, दाइ, भाउजु र ३ जना बहिनीहरु रहेको भन्दै परिवारसँग भेट्न धेरै चाहेको उनले बताए । मानवसेवा आश्रमले परिवारको खोजी गरेकोमा उनले आश्रमलाई धन्यवादसमेत दिएका छन् ।

मानवसेवामा आश्रमको टोलीले यादवलाई बाग्लुङमा बर्षातको समयमा पानीमा भिजिरहेको नाजुक अवस्थामा उद्धार गरेको बताउँछन्, अभियन्ता पौडेल । मावनसेवा आश्रममा आएर बसेदेखि निकै अनुशासन र गणित विषयमा धेरै अब्बल रहेको पौडेलको भनाई छ । पौडेलका अनुसार यादव सँगै अन्य १२ जनालाई छिट्टै परिवारसँग पुनर्मिलन गराइनेछ ।

Exit mobile version