Home मुख्य समाचार हराएको २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई प्रहरीले बुझायो

हराएको २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई प्रहरीले बुझायो

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको २२ थान मोबाइल फेला पारेर सम्बन्धीत धनीलाई बुझाएको छ ।

सामसुङ, जिओनी, ओप्पो, भिभो र हवाई कम्पनिका १२ हजार रुपैयाँ देखि ५५ हजार मूल्यसम्मका २२ थान मोबाइल आज सम्बन्धीत धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

२२ थान मोबाइलको बजार मुल्य ४ लाख ४० हजार रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।

Exit mobile version