Home मुख्य समाचार कोरोना विरुद्धको खोपको तेस्रो चरण, मकवानपुरमा ५७ हजारलाई लगाइने

कोरोना विरुद्धको खोपको तेस्रो चरण, मकवानपुरमा ५७ हजारलाई लगाइने

हेटौंडाः मकवानपुर जिल्लामा तेस्रो चरणमा ५५ वर्ष भन्दा बढी उमेर समूहका ५७ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले फागुन २३ गतेबाट तेस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनु भएको छ ।

मकवानपुर जिल्लामा माघ १४ गतेबाट खोप लगाउने कार्यक्रम सुरु गरिएको थियो । पहिलो चरणको कोरोनाविरुद्धको खोप अग्रपंक्तिमा खटिरहेको दुई हजार एक सय ६६ जना स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुलाई लगाइएको थियो भने दोस्रो चरणको कोरोनाविरुद्धको खोप पत्रकार तथा सुरक्षकर्मी गरी दुई हजार सात सय ७२ जनालाई लगाइएको थियो । पहिलो र दोस्रो चरण गरी मकवानपुर जिल्लामा हालसम्म चार हजार नौं सय ३८ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकेको जिल्ला स्वास्थ्य प्रमुख उपाध्यायले जानकारी दिनुभएको छ ।

Exit mobile version