Home मुख्य समाचार प्रधानमन्त्रीद्वारा जन्मदिनमा मानवसेवा आश्रममा आश्रितलाई खाना

प्रधानमन्त्रीद्वारा जन्मदिनमा मानवसेवा आश्रममा आश्रितलाई खाना

मानवसेवा आश्रमले मेचि महाकाली सडक सेवामार्फत सहयोगापेक्षीको उद्दार अभियानको समापनको अवसरमा मानवसेवा आश्रमका अभियन्ताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्वीर ।

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औं जन्मदिनको अवसरमा मंगलबार मानवसेवा आश्रमको देशभर रहेका आश्रममा आश्रितलाई खाना खुवाउनुभएको छ । पछिल्लो समय मानवसेवा आश्रमलाई प्रत्यक्ष सहयोग गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले देशका १५ जिल्लामा आश्रम स्थापना गरेर सेवा गर्दै आएको मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउनुभएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमको १५ जिल्लामा २२ वटा सेवा केन्द्र छन् । ती सेवा केन्द्रमा एक हजार छ सय आश्रित रहेको मानवसेवा आश्रमले जनाएको छ । मकवानपुर जिल्लाको हेटौंडाबाट सुरु भएको मानवसेवाको अभियान देशव्यापी बनेको छ भने जिल्ला–जिल्ला हुँदै देशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त मुलुक बनाउने अभियानमा मानवसेवा आश्रम अग्रसर भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, लामसुरेधापमा मानवसेवा आश्रमले मुख्यआश्रम निर्माण गरेको छ । व्यक्तिव्यक्तिको मुठ्ठीदानबाट सुरु गरिएको अभियानमा विभिन्न संघ, संस्था हुँदै अहिले नेपाल सरकारको पनि साथ, सहयोग रहँदै आएको छ ।

Exit mobile version