Home अर्थ/व्यापार मउवासंघको भवन निर्माण गर्न घिमिरेद्वारा पाँच लाख रुपैयाँ सहयोग

मउवासंघको भवन निर्माण गर्न घिमिरेद्वारा पाँच लाख रुपैयाँ सहयोग

मउवा संघका उपाध्यक्ष कृष्णकुमार गुप्तालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै ध्रुब घिमिरे (सेतोकोट) । साथमा संघका कार्यकारी अधिकृत पवन कार्की ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा–२ मा अतिथि सदन सञ्चालनका लागि निर्माण गरिरहेको भवनका लागि व्यवसायी ध्रुव घिमिरेले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघ, संस्था, व्यवसायीसमेतको सहयोगमा संघको आफ्नै कोषसमेतको उपयोग गरी भवन निर्माण गरिरहेको छ ।

मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले संघको भवन निर्माण सहयोगार्थ बुधबार ५ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । घिमिरेले संघका उपाध्यक्ष कृष्णकुमार गुप्तालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ । व्यवसायीको छाता संस्थाको विकासमा सहयोग गरेको घिमिरेको भनाइ छ । हिजोका दिनमा जीविकाकै लागि कमाउनुपर्ने अवस्था भए पनि अहिले कमाई गरेर खानलाउने कुरा सामान्य भइसकेको र आम्दानीको निश्चित रकम सामाजिक सेवाको क्षेत्रमा पनि लगाउनुपर्ने सोचाईका साथ संघलाई सहयोग गरेको बताउनुभयो ।

Exit mobile version