Home मुख्य समाचार विदेशमा मृत्यु भएकाको परिवारलाई आइएमईको सहयोग

विदेशमा मृत्यु भएकाको परिवारलाई आइएमईको सहयोग

साउदी अरबमा मृत्यु भएका सोहन गुरुङकी श्रीमतिलाई राहत रकम हस्तान्तरण गर्नुहुँदै आइएमईका क्षेत्रीय प्रमुख सुरज पौडेल ।

हेटौंडाः विश्वव्यापी महामारी कोभिड १९ का कारण विदेशमा निधन भएका मकवानपुरका २ नेपालीको परिवारलाई आइएमईले आर्थिक सहयोग गरेको छ । साउदी अरबमा निधन भएका हेटौंडा–४ का सोहन कुमार गुरुङ र बकैया गाउँपालिकाको छतिवनका तुल बहादुर कामीका परिवारलाई राहत स्वरुप प्रतिपरिवार ५० हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरिएको हो । हेटौंडा–४ का गुरुङकी श्रीमती विष्णुमाया गुरुङ र छतिवनका कामीका छोरा युवराज विश्वकर्मालाई आइएमईका क्षेत्रीय प्रमुख सुरज पौडेलले नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।

विदेशमा निधन भएका नेपालीका परिवारलाई सहयोगका लागि आइएमईले आईएमई भरोसा कोष स्थापना गरेको थियो । सोही कोष अन्तर्गत मकवानपुरका दुई परिवारलाई राहत रकम वितरण गरिएको क्षेत्रीय प्रमुख पौडेलले जानकारी दिनुभएको छ । परिवार पाल्नकै लागि विदेश गएका व्यक्तिको उतै निधन हुँदा उक्त परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरिएको पौडेलले बताउनुभयो ।

Exit mobile version