Home मुख्य समाचार नेकपा मकवानपुरको कार्यालयमा तालाबन्दी, पार्टी कार्यालयमा दुबै समूहको दावी

नेकपा मकवानपुरको कार्यालयमा तालाबन्दी, पार्टी कार्यालयमा दुबै समूहको दावी

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको हेटौंडा–४, पुष्पलाल पार्कसँगै रहेको पार्टी कार्यालयलाई नेकपाका मकवानपुरको प्रचण्ड–माधव समूह र ओली समूह दुबैले दावी गर्दै आएका छन् । सोमबार नेकपा मकवानपुरको ओली समूहका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सहईन्चार्ज रामेश्वर रानाको उपस्थितिमा नेकपाका कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

गत शनिबार हेटौंडामा भएको नेकपा ओली समूहको भेलाले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई कारबाही गरेको घोषणा गर्दै एकलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको सार्वजनिक गरेको थियो । प्रचण्ड–माधव समूह र ओली समुहमध्ये कुन आधिकारिक नेकपा हो भन्ने विषयमा निर्वाचन आयोगले अझै टुंगो लगाउन सकेको छैन । दुबै समूहले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । यस्तै दुबै समूहले सूर्य चिन्ह आफ्नो भएको बताउँदै आएको छ ।

मकवानपुरमा नेकपाको प्रचण्ड–माधव समूहर र ओली समूह दुबैले जिल्ला कार्यकर्ता भेला गरिसकेको छ भने जिल्लाको वडा–वडामा दुबै समूहले वडा भेला गरिरहेका छन् । ओली समूहले ताजा जनादेशमा जान निर्वाचन हुनुपर्ने भन्दै यसको तयारी अगाडि बढाएको नेकपा अध्यक्ष एकलाल श्रेष्ठले बताउनुभयो । यता प्रचण्ड–माधव समूहले भने नेकपाको आफ्नो समूहमा पार्टी प्रवेशलाई तिव्रता दिएको छ । नेकपा पार्टी कार्यालय मकवानपुरको दुरुपयोग हुन थालेपछि तालाबन्दी गर्नुपरेको नेकपा ओली समूहका नेताहरुले बताएका छन् ।

Exit mobile version