Home मुख्य समाचार उपाध्यक्षको राजिनामामा सत्यता छैनः अध्यक्ष उप्रेती

उपाध्यक्षको राजिनामामा सत्यता छैनः अध्यक्ष उप्रेती

हेटौंडाः मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले राजिनामा दिएको विषयमा कुनै पनि सत्यता नभएको बताउनुभएको छ । बुधबार विज्ञप्ति जारी गर्नुहुँदै अध्यक्ष उप्रेतीले मनहरी गाउँपालिकाको जनप्रतिनिध र कर्मचारीको सम्बन्धमा आएका समाचार सम्बन्धित पदाधिकारी र जनप्रतिनिधिसँग सोधपुछ गरेर स्रोतको पुष्टि गरेपछि मात्रै सम्प्रेषण गर्न उहाँले सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभएको छ ।

पछिल्लो समय मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले राजिनामा दिएको भनेर एकाएक राष्ट्रिय मिडियामा आएपछि आफूहरु चकित भएको उहाँले बताउनुभयो । यता मनहरी गाउँपालिकाकी उपाध्यक्ष बिष्टलाई कर्मचारी र अध्यक्ष दुबैले अपहेलित गरेको तथा गाउँपालिकाको काममा सहयोग नभएको भन्दै बाहिर टीकाटिप्पणी भइरहने गरेको छ ।

Exit mobile version