Home खेलकुद हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले गरे पदभार ग्रहण

हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले गरे पदभार ग्रहण

हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिकिा अध्यक्ष चन्द्र शाही

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले आजबाट पदभार ग्रहण गर्नुभएको छ । यसअघि श्रावण महिनामा समितिको अध्यक्षमा नियुक्त हुनुभएको शाहीले सोमबार पदभार ग्रहणगरेसँगै उपमहानगरपालिकालाई खेल क्षेत्रमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

खेल क्षेत्रमा भएका समस्याहरुलाई चिर्दै खेलाडी उत्पादनसँगै खेलकुदको गतिविधिमा हेटौंडा उपमहानगरपालिकालाई अब्बल र सक्रिय बनाउँदै अगाडि बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष शाहीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पदभार ग्रहण गराउनुभएको हो । अब छिट्टै नगर खेलकुद विकास समितिले पूर्णता पाउँने अध्यक्ष चन्द्र शाहीले बताउनुभएको छ ।

Exit mobile version