Home मुख्य समाचार गणतन्त्रमा राजतन्त्रको माग गर्दै हेटौंडामा राजाबादीहरुको बृहत र्‍याली

गणतन्त्रमा राजतन्त्रको माग गर्दै हेटौंडामा राजाबादीहरुको बृहत र्‍याली


हेटौंडाः हेटौंडामा आज राजसंस्थाको नारा लाउँदै बृहत गाडि तथा मोटरसाइकल र्‍यालि भएको छ । २०४७ को संबिधान पुनः स्थापना अभियानको संयोजकत्वमा शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायत सम्पूर्ण स्वतन्त्र युवाहरुले स्वस्फुर्त रुपमा हेटौंडामा गाडि तथा मोटरसाइकल र्‍याली गरिएको थियो ।

विभिन्न जिल्लाहरुबाट आएका सहित करिब १ हजार मानिसहरुको उपस्थिति भएको र्‍यालीले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, २०७२ को नेपालको संविधान खारेज गर लगायतका नारा लगाएर हेटौंडा परिक्रमा गरेको छ । हेटौंडाको हुप्राचौर बाट सुरु भएको र्‍याली, बसपार्क, राप्तिरोड, बुद्धचोक, नगरपालिका हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

Exit mobile version