Home खेलकुद उद्घाटन खेलमा मकवानपुर भेट्रान्स विजयी

उद्घाटन खेलमा मकवानपुर भेट्रान्स विजयी

हेटौंडाः कोशेली एण्ड हुलास क्लबको आयोजनामा सिमरामा शनिबारबाट सुरु भएको भेट्रान्स कप २०७७ को उद्घाटन खेलमा मकवानपुर भेट्रान्स क्लबले हाम्रो फुटबल क्लब वीरगञ्जलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । मकवानपुर भेट्रान्सको तर्फबाट वीरेन्द्र खत्रीले ३ गोल गर्दै ह्याट्रिक गरेका छन् भने अमित सिंहले १ गोल गरेका थिए । प्रतियोगितामा मकवानपुर भेट्रान्स क्लबको खेल १६ गते मंगलबार रहेको विजय युथ क्लबका प्रशिक्षक एवम् खेलाडी सुविन घिमिरेले बताउनु भयो ।

विभिन्न जिल्लाको १२ वटा टिम सहभागी रहेको प्रतियोगितामा हेटौंडाबाट मकवानपुर भेट्रान्स क्लब र हेटौंडा फुटसल भेट्रान्स गरी २ वटा टिम सहभागी छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

Exit mobile version