Home मुख्य समाचार आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठाद्वारा शिक्षक सेवा आयोगको सदस्यमा आवेदन

आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठाद्वारा शिक्षक सेवा आयोगको सदस्यमा आवेदन

वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि

हेटौंडाः शिक्षक सेवा आयोगको सदस्यमा हेटौंडास्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठाले आवेदन दिनुभएको छ । दुईजना सदस्य पदका लागि आवेदन आव्हान गरेकोमा हेटौंडाका बैठासहित २५ जनाले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगको अध्यक्षका लागि ४ जनाको दरखास्त परेको छ । नेपाल सरकारको विशिष्ठ श्रेणीको अनुभव प्राप्त अर्थात् सचिवबाट अवकास भएको व्यक्ति आयोग अध्यक्ष हुन सक्ने व्यवस्था छ । सोही योग्यताका आधारमा शिक्षा सेवाबाट सचिव भएका लक्ष्मीराम पौडेल, पूर्व शिक्षा सचिव समेत रहेका कानून सेवाका मधु रेग्मी, कानून सेवाकै खगराज पौडेल र प्रशासन सेवाबाट अवकास भएका विनोद केसीले अध्यक्ष पदका लागि दरखास्त हालेका शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन दिने अन्तिम दिन आइतबार समयसीमा तोकिएको थियो ।

Exit mobile version