Home मुख्य समाचार प्रहरीले सार्वजनिक गर्‍यो बकैयाका विकास वाईबाको हत्यामा संलग्न भीमराज भोलनलाई

प्रहरीले सार्वजनिक गर्‍यो बकैयाका विकास वाईबाको हत्यामा संलग्न भीमराज भोलनलाई

हत्यामा संलग्न भीमराज भोलनलाई सार्वजनिक गरेर घटनाबारे जानकारी गराउनुहुँदै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारमा गत शुक्रबार विकास वाईबाको हत्यामा संलग्न भीमराज भोलनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । घटना भएको २४ घण्टाकै अवधिमा प्रहरीले नियन्त्रणमा लिएको भीमराजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

भीमराजलाई ललितपुर जिल्लाको बागमती गाउँपालिका–२, माल्टाबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभएको छ । प्रहरी उपरीक्षक राठौरका अनुसार भीमराजलाई शंकास्पद अवस्थामा देखेपछि स्थानीयले नै प्रहरीलाई जानकारी गराएका थिए । स्थानीयको जानकारी र प्रहरीलाई प्राप्त हुलियाअनुसार भीमराज नै भएको निश्चित भएपछि मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनस्थित इलाका प्रहरी कार्यालय ठिंगनबाटै प्रहरी परिचालन गरेर प्रहरी उपरीक्षक राठौर आफैं ललितपुरको माल्टा पुग्नुभएको थियो ।

विकास वाईबा र भीमराज भोम्जन मिल्ने साथी भए पनि के कारणले हत्या गर्‍यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेर विभत्स ढंगले हत्या गरिएकोले भीमराजले नियोजित रुपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी समेत बरामद गरिसकेको छ ।

Exit mobile version