Home मुख्य समाचार हेटौंडा उपमहानगरद्वारा वैकल्पिक कक्षाको शूल्क निर्धारण, साविकको शूल्कमा ३० प्रतिशत कम

हेटौंडा उपमहानगरद्वारा वैकल्पिक कक्षाको शूल्क निर्धारण, साविकको शूल्कमा ३० प्रतिशत कम

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले वैकल्पिकरुपमा शिक्षण गर्दा निजी विद्यालयले लिने शूल्क निर्धारण गरेको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै नयाँ शुल्क निर्धारण गरेको जनाएको छ । वैकल्पिक माध्यमबाट शैक्षिक सत्र सञ्चालन गर्ने समयावधिभरका लागि नयाँ शुल्क निर्धारण गरिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले बताउनुभयो । उपमहानगरपालिकाले क, ख र ग गरी विद्यालयलाई ३ वर्गमा छुटाएको छ ।

उपमहानगरले ग वर्गको विद्यालयले कक्षा १ मा नौं सय रुपैयाँ र कक्षा १० मा एक हजार दुई सय ९५ रुपैयाँ शूल्क निर्धारण गरेको छ भने ख वर्गको विद्यालयले कक्षा १ मा एक हजार एक सय ३७ रुपैयाँ र कक्षा १० मा एक हजार छ सय १८ रुपैयाँ मासिक शूल्क लिन पाउने निर्णय गरेको छ । यस्तै क वर्गका विद्यालयले कक्षा १ मा एक हजार तीन सय ६५ रुपैयाँ र कक्षा १० मा एक हजार नौं सय ४२ रुपैयाँ लिन पाउने निर्णय गरेको छ ।

त्यस्तै विद्यालयले वैकल्पिक माध्यमबाट शैक्षिक सत्र २०७७ सञ्चालन गरे वापत अभिभावकको सहमतिमा कक्षामा सहभागी भएका विद्यार्थीको मात्र उनिहरु सहभागी भएको समयदेखि शुल्क लिन पाउने निर्णय गरेको छ । कक्षा सञ्चालन नभएको अवधिको शुल्क लिन नपाइने समेत उपमहानगरपालिकाले जनाएको छ ।

Exit mobile version