Home मुख्य समाचार क्षिर सागर दुग्ध सहकारीलाई उपमहानगरद्वारा मिल्क एनालाइजर मेसिन सहयोग

क्षिर सागर दुग्ध सहकारीलाई उपमहानगरद्वारा मिल्क एनालाइजर मेसिन सहयोग

हेटौंडाः हेटौंडा–११, नवलपुरमा रहेको क्षिर सागर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई हेटौंडा उपमहानगरपालिकाले ३ लाख ११ हजार रुपैयाँ लागतको मिल्क एनालाइजर मेसिन सहयोग गरेको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहकारीलाई मिल्क एनालाइजर मेसिन हस्तान्तरण गर्नुभएको छ ।

सहकारीका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपलिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, वडा सदस्य जुना दाहाल लगायतको उपस्थिति रहेको थियो । मिल्क एनालाइजर मेसिनले दुधको गुणस्तर मापन गरी दुग्ध उत्पादक कृषकलाई दुधको मूल्य निर्धारण गर्न सहयोग पुग्ने सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

क्षिर सागर दुग्ध सहकारीमा दैनिक ६ सय लिटर दुध सङ्कलन हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो । सहकारीले किसानबाट सङ्कलन गर्दा प्रतिलिटर दुधको मूल्य ५५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म भुक्तानी गर्ने गरेको छ ।

Exit mobile version