Home मुख्य समाचार नक्कली नोटसहित राक्सिराङका जितबहादुर पक्राउ

नक्कली नोटसहित राक्सिराङका जितबहादुर पक्राउ

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ । मङ्गलबार चितवन प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका–५, भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने खबर प्राप्त भए पश्चात तत्काल ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजिव गिरिको कमाण्डमा टोली खटिएर गएको थियो ।

प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा भण्डारा बजार क्षेत्रबाटै एक हजार दरका १२ थानसहित लोप्चनलाई पक्राउ गरेको थियो । लोप्चनले कारोबार गरेको होटल र खाजा घरबाट एक हजार दरका सात थान नोट बरामद गरेको र लोप्चनको राक्सिराङस्थित घरबाट एक हजार दरका ३०२ थान नोटहरु गरी जम्मा ३२१ थान नक्कली नोट बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।

Exit mobile version