Home अन्तरवार्ता ‘शिक्षाका कुरा’ रेडियो बहस, ‘विदामा विद्यार्थीको समयलाई कसरी उपयोगी बनाउने ?’

‘शिक्षाका कुरा’ रेडियो बहस, ‘विदामा विद्यार्थीको समयलाई कसरी उपयोगी बनाउने ?’

हेटौंडाः विद्यालयमा पर्व विदा लामो अवधिको विदाको रुपमा रहने गरेको छ । नियमित पठनपाठनमा रहेका बालबालिका लामो समयको विदामा रहँदा उनीहरुको समयलाई कसरी उपयोगी बनाउने भन्ने विषय महत्वपूर्ण छ । लामो अवधिको विदामा विद्यार्थीको समयलाई उपयोगी बनाउने विषयमा सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको साप्ताहिक कार्यक्रम ‘शिक्षाका कुरा’ कार्यक्रमको कार्तिक ४ गतेको अंकमा बालअधिकारकर्मी सुशील राज गिरि, हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका शिक्षक कैलाश धिताल र शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा सहभागी हुनुहुन्छ ।

वैकल्पिक विधिबाट भइरहेको पठनपाठनको विषयमा केही सातादेखि शिक्षाका लागि राष्ट्रिय अभियान र रेडियो निकासको सहकार्यमा रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ को निर्माण तथा प्रसारण भइरहेको छ ।
कार्तिक ४ गते मंगलबार साँझ ५ बजेको निकास सामुदायिक खबरपछि कार्यक्रम शिक्षाको कुरा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas .com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version