Home मुख्य समाचार मकवानपुरको ५३ औं प्रमुख जिल्ला अधिकारीको रुपमा रिजालले गरे पदभार ग्रहण

मकवानपुरको ५३ औं प्रमुख जिल्ला अधिकारीको रुपमा रिजालले गरे पदभार ग्रहण

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल


हेटौंडाः ५३ औं प्रमुख जिल्ला अधिकारीको रुपमा मकवानपुरमा गोविन्दप्रसाद रिजालले आजबाट पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी रहनुभएका दिपकराज नेपाल बारा जिल्लामा सरुवा हुनुभएपछि मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को रुपमा रिजाल आउनुभएको हो ।

यसअघि मकवानपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएर आउने गरेता पनि लामो समयसम्म रहेर काम गर्न पाउने गरेका छैनन् । यसअघिका प्रमुख जिल्ला अधिकारी नेपालले ७ महिना मकवानपुरमा सिडियो भएर काम गर्नुभयो भने गत आर्थिक वर्षमा १२ महिनामा ४ जना प्रमुख जिल्ला अधिकारीहरु मकवानपुरमा परिवर्तन भएका थिए । यस्तै जिल्ला प्रशासन कार्यालयको मकवानपुरको एक कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै सेवा बन्द गरिएकोमा आइतबारबाट पुनः सबै सेवा सञ्चालनमा आएको छ ।

Exit mobile version