Home मुख्य समाचार हेटौंडा–८, ओमनगरमा तास खेल्दै गरेका ६ जना पक्राउ

हेटौंडा–८, ओमनगरमा तास खेल्दै गरेका ६ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–८, ओमनगरमा लक्ष्मण लामाको घरमा तास खेलिरहेका ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले ६१ हजार सात सय ८५ रुपैयाँ नगदसहित तास खेल्ने समूहलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका ईन्चार्ज प्रहरी निरीक्षक देवराज काफ्लेका अनुसार तासको खालबाट ५४ वर्षीय लक्ष्मण लामा, हेटौंडा–११, थानाभर्‍याङका २८ वर्षीय कमल तामाङ, हेटौंडा–४, गर्दोईका ४० वर्षीय विष्णु घिमिरे, हेटौंडा–८, कमानेका ३३ वर्षीय निर्मल लामा, हेटौंडा–२, सानोपोखराका ३५ वर्षीय अविनाश पराजुली र हेटौंडा–५, सानोपोखराका ३३ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज देवराज काफ्लेले जानकारी दिनुभएको छ ।

Exit mobile version