Home मुख्य समाचार बाल सङ्गठन मकवानपुरको सभापतिमा अशोक सारु मगर

बाल सङ्गठन मकवानपुरको सभापतिमा अशोक सारु मगर

हेटौंडाः नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सङ्गठन मकवानपुरको सभापतिमा अशोक सारु मगरलाई नियुक्त गरेको छ । नेपाल बाल सङ्गठन केन्द्रीय कार्यसमितिको असोज २० गते बसेको बैठकले मगरलाई जिल्ला सभापति चयन गरेको हो ।

यसअघि केन्द्रीय समितिले असोज १६ गते यसअघिको जिल्ला कार्यसमिति भङ्ग गर्ने निर्णय गरेको थियो । यसअघि रमेश गिरि बाल सङ्गठन मकवानपुरको सभापति हुनुहुन्थ्यो । मगरलाई तदर्थ समिति सभापतिको रुपमा जिम्मेवारी दिएर जिल्ला अधिवेशन गर्न निर्देशन समेत दिएको नवनियुक्त सभापति अशोक सारु मगरले जानकारी दिनुभएको छ । नेपाल बाल संगठनले मकवानपुरको भीमफेदीमा बालगृह समेत सञ्चालन गरेको छ । भीमफेदीस्थित बालगृहमा अहिले ३२ जना बालबालिका आश्रित छन् ।

Exit mobile version