Home मुख्य समाचार अत्यावश्यक सेवाबाहेक मकवानपुर प्रशासन बन्द

अत्यावश्यक सेवाबाहेक मकवानपुर प्रशासन बन्द

हेटौंडाः एकजना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

आज बुधबारदेखि लागु हुने गरी कात्तिक १ गतेसम्मका लागि सेवा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभएको छ । प्रशासन कार्यालयले शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।

Exit mobile version