Home अन्तरवार्ता रेडियो निकास संवादमा व्यवसायी सफल अधिकारी

रेडियो निकास संवादमा व्यवसायी सफल अधिकारी

सफल अधिकारी, प्रबन्ध निर्देशक, प्रिन्टेक प्रालि

हेटौंडाः निम्न तथा मध्यम आर्थिक अवस्थाका नागरिकका लागि साना तथा मझौला उद्योगको सम्भावनाका बारेमा सरकारले नगन्य कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारी कार्यक्रम पनि पहुँचवाला र प्रभावशाली व्यक्ति र समूहमै सीमित छ । तर, प्रयत्न गर्ने हो र अध्ययनमा केही लगानी गर्ने हो भने आकर्षक साना, मझौला तथा घरेलु उद्यम स्थापित गर्न, स्वरोजगार हुँदै राम्रो आम्दानी गर्न सफल छ भन्नुहुन्छ, व्यवसायी सफल अधिकारी ।

हेटौंडाका सफल अधिकारी अहिले साना, मझौला तथा घरेलु उद्यमका लागि उपयोगी मेसिनरीको आयातमा सक्रिय हुनुहुन्छ । लकडाउन यता साना, मझौला तथा घरेलु उद्योग स्थापनाको आवश्यकता र महत्वबारे अझ बढेको महसुस गर्नुभएका व्यवसायी सफल अधिकारीसँग गरिएको कुराकानी बुधबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र बुधबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version