Home मुख्य समाचार जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा ऋषी केबी

जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा ऋषी केबी


हेटौंडाः जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अधिवक्ता ऋषी केबी निर्विरोध निर्वाचित हुने पक्का भएको छ । भोलि शनिबार निर्वाचन हुने भनिए पनि प्रगतिशील कानुन व्यवसायीको तर्फबाट मात्रै उम्मेदवारी परेको थियो । प्रजातान्त्रिक कानुन व्यवसायीले आफ्नो उम्मेदावरी दर्ता नगराएपछि निर्विरोध रुपमा जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षतामा ऋषी केबी निर्वाचित हुने पक्का भएको हो । यद्यपि निर्विरोध निर्वाचित भएको घोषणा भने भइनसकेको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिनुभयो । आजै घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अधिवक्ता ऋषी केबीले जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा, उपाध्यक्षमा राम प्रसाद रिमाल, सचिवमा जयराम सुवेदी, सह–सचिवमा शान्ति माया मुक्तान, कोषाध्यक्षमा रमीता चौलगाई, केन्द्रिय पार्षदमा अज्मीर केसीले उम्मेदवारी दिनुभएको थियो ।

यस्तै अन्य २ सदस्यहरु भने नयाँ बन्ने समितिले पछी चयन गर्ने जनाइएको छ । जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायी संगठन हेटौंडाले उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले बताउनुभयो । दुई मध्ये एक मात्र संगठनले उम्मेदवारी दर्ता गराएको कारण निर्वाचन नहुने भएको र निर्विरोध हुने भएको उहाँले बताउनुभयो ।

Exit mobile version