Home अन्तरवार्ता ‘दृष्टिबाट बञ्चित नै नहोस्, कोही दृष्टिविहिन हुन नपरोस’

‘दृष्टिबाट बञ्चित नै नहोस्, कोही दृष्टिविहिन हुन नपरोस’

प्रविण क्वाछा, शिक्षक, बालज्योति मावि, हेटौंडा–५

भक्तपुरका प्रविण क्वाछा हेटौंडा–५ स्थित बालज्योति माविको दृष्टिविहिन बालबालिकाको शिक्षक हुनुहुन्छ । २०६३ सालदेखि नै राहत शिक्षकको रुपमा अध्यापन गराउँदै आउनुभएका दृष्टिविहिन शिक्षक क्वाछा पाँच वर्षदेखि हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा दृष्टिविहिन बालबालिकालाई पढाइरहनुभएको छ । आज अक्टोबर ८ अर्थात विश्व दृष्टि दिवस । विश्व दृष्टि दिवसकै सन्दर्भमा समाज सम्पादक सुरेश श्रेष्ठले दृष्टिविहिन शिक्षक प्रविण क्वाछासँग गर्नुभएको कुराकानीः

समाजः शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । यो दृष्टिविहिनता र दृष्टिको बारेमा विश्व दृष्टि दिवसले कस्तो किसिमको महत्व राखेको पाउनु भएको छ ?
क्वाछाः दृष्टि दिवसले असाध्यै महत्व राख्छ । संसार देखाउने अङ्ग आँखा हो । आँखाको दृष्टि नहुनु भनेको असाध्यै पीडादायी क्षण र स्थिति हो । हुन त भइसकेपछि चित्त बुझाउने आफ्नो ठाउँमा छ । तर सकेसम्म दृष्टि कसैको पनि नगुमोस् भन्ने हाम्रो चाहना हो । त्यस कारण हाम्रो अभियान दृष्टि रोकथाम र यसको उपचार भन्ने हामी छौं । भईसकेकालाई पुनस्र्थापना र शिक्षा पहुँच नै हामीले आफ्नो संघ खोलेर अधिकारको लागि हामी लडिरहेका हौं । सकेसम्म हाम्रो प्राथमिकता भनेको दृष्टिबाट बञ्चित नै नहोस् कोही दृष्टिविहिन हुन नपरोस् भन्ने हो ।

समाजः दृष्टि गुम्नुको कारण के–के पाउनु भएको छ ?
क्वाछाः हामीले विश्लेषण गर्दाखेरी दृष्टि गुम्नुको तीन/चार वटा कारणहरु रहेका छन् । जन्मजात वंशाणुगत हुन्छ । दुर्घटनामा परेर हुन्छ । डाक्टरको लापरवाहीले हुन्छ । कुनै समस्याले गर्दा, सानो समस्याले दृष्टि गुमेका हाम्रा साथीहरु छन् । दृष्टि के कारणले गुम्छ भन्ने यथार्थ कुरा थाहा छैन । तर आँखालाई जोगायो भन्ने ठिक हुन्छ । जोगाउँदा जोगाउँदै पनि दृष्टि गुम्न सक्छ । यो दृष्टिविहिन २/३ वटा कारणहरु रहेको छ । दृष्टि गुम्नुको पहिलो कारण रोग हो । त्यसपछि आएर खानपान र स्वास्थ्यमा लापरवाहीले गर्दा हुन्छ । त्यसपछि अहिले बढ्दो दुर्घटना नै मुख्य कारण रहेको छ ।

समाजः अधिकारको कुरा गर्दा नेत्रहिन व्यक्तिहरुका लागि अहिले के कस्ता अधिकार छन् । ती अधिकारहरु पर्याप्त छन् । अथवा त्यसमा अझै सुधार र अधिकारहरु आवश्यक देख्नु हुन्छ ?
क्वाछाः हामी दृष्टिविहिनको मुख्य माग भनेको शिक्षा, स्वास्थ्य, रोजगारी र दृष्टिविहिन मैत्री वातावरण सृजना गर्नु नै हो । कतिपय मागहरु राज्यबाट पूरा भएको पनि छ । पहिलाको तुलना अहिले धेरै राम्रो छ । सकारात्मक भएको छ । तैपनि जति सुविधा पाएपनि मान्छेलाई पुग्दै भन्ने हुन्छ । कतिपय आवश्यकताहरु अझैपनि पुरा भएको छैन । कतिपय हाम्रा साथीहरु बेरोजगार भएर बसिरहेको स्थिति छ । जस्तै शिक्षामा स्थायी पदपूर्ति गर्दा आरक्षणको कुरा छ । अपाङ्गता छुट्याएको आरक्षण भित्र पनि हामी जस्तो पूर्ण नदेख्ने दृष्टिविहिन र अलिकति सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई एउटै आरक्षणमा लडाइन्छ । जसका कारणले हामी असाध्यै पछि पर्‍यौं । अपाङ्गताको स्तर अनुसार वर्गाीकरण गरेर परीक्षा गर्नुपथ्यो ।

समाजः अहिले तपाई शिक्षण पेशामा हुनुहुन्छ । तपाईले यो पेशा गरिरहँदा के कस्ता असहजताहरु छन् अवथा सहजै ढङ्गले शिक्षण पेशा गरिराख्नु भएको छ ?
क्वाछाः मेरो व्यक्तिगत चाहनाले गर्दा, २०५२ सालमा जब म २०५० सालमा एसएलसी दिएँ, त्यो बेला सरकारले ५ जना शिक्षकको कोटा दिएको थियो । मेरो पनि नाम परेको थियो । तर मलाई शिक्षण पेशा आउन खासै चाहना थिएन । त्यसलाई मैले छाडेँ । २०६३ सालमा आएर त्यही पेशामा फर्किनु पर्दा मलाई अलिकति मन नराम्रो महसुस भएको छ । तर पन आइयो अब आइसकेपछि थाहा भयो । उमेर हदसम्म खानै पर्‍यो । यसमा सहजता र असहजता एकदमै छ । यसमा सहजतामा पढाउनु सजिलो पनि छ । बच्चाहरुले सहयोग गर्छन् । बच्चाहरुसँग घुलमिल हुन्छु । रमाईलो हुन्छ । पढाउनु केही गाह्रो हुँदैन । असहजतामा कहिलेकाहीँ बच्चाहरुलाई लेखेर बोर्डमा नै प्रस्तुत गर्नुपर्ने स्थितिमा मलाई नेपाली पढाउने भएकाले ह्रस्व–दीर्घ, स्वर वर्णविन्यास कुरा, शुद्धता अशुद्धता कुराहरु आउँछन् । त्यो सिकाउँदा भनेर बुझ्दैन, लेखेर देखाउनुपर्छ त्यस्तो असहजता आउँछ । परीक्षाको कपीहरु चेक गर्ने बेला अलि असहजता पैदा हुन्छ ।

समाजः हामीकहाँ दृष्टिविहिनहरुको शिक्षणका लागि उपलब्ध हुन सक्ने सामग्रीहरु कति प्रयोग भइरहेको पाउनु भएको छ ?
क्वछाः शिक्षणका लागि उपलब्ध भएको सामग्री ठिकठिकै रहेको छ । अरु जस्तो नहोला तर नेपालका लागि ठिकै छ । सिलेट र स्टालस छ । अनि ब्रेल चिन्ह डटहरु हामीसँग छ । त्यस्तै विभिन्न प्रकार धेरै होइन थोरै रहेको छ । ब्रेल चिन्हबाट सिकाउन गाह्रो छ । जस्तै प्लाष्टिक अक्षरमा अक्षरसँगै कलम जस्तै ए आकारको खापेको हुन्छ । त्यसमा ए लेखेको हुन्छ । त्यसले सिकाउन सजिलो हुन्छ । यो चरण धेरै लामो छ । पहिला थाम्न, लेख्न, पढ्न सिकाउनुपर्छ । कसैले छिटो सिक्छ । कसैलाई सिकाउन एक वर्ष लाग्छ । त्यसकारणले यो लामो प्रक्रिया रहेको छ ।

समाजः अहिले दृष्टिविहिनहरुका लागि के हुनु आवश्यक छ ?
क्वाछाः दृष्टिविहिनको अधिकारको लागि, दृष्टिविहिनहरुको सबैभन्दा पहिला शिक्षा नै हो । दृष्टिविहिन स्वास्थ्य भन्यो भने उपचारहरुलाई सरकारले उपचार गराई दिनै पर्छ । कतिपय दृष्टिबिहिन भएका व्यक्तिहरु राम्रोसँग उपचार गराए भने आँखा बन्न सक्ने स्थिति हुनसक्छ । तिनीहरुलाई ज्योति नै दिने शिक्षा ज्योति भएपछि भइहाल्छ । उपचार हुने दृष्टि र उपचार नहुने दृष्टि हुन्छ । उपचार हुनेलाई उपचार नै गराई दिने हो । उनीहरुले संसार देख्छ भने किन आफ्नो सङ्ख्या बढाउने । नेत्रहिनको चाहना भनेको बच्चाहरु दृष्टिविहिन नहोस् । उपचार हुन नसक्नेलाई शिक्षा, स्वास्थ्य, अधिकार पाउनु पर्‍यो । पढिसकेपछि रोजगारको सुनिश्चितता हुनुपर्‍यो । यो स्कूल तहमा अध्ययन–अध्यापन गराउन सजिलो छ । तर क्याम्पस तहमा अलि गाह्रो छ ।

समाजः समुदायबाट तपाईहरुले कस्तो सहयोग पाईराख्नु भएकोे छ ? अवथा कस्तो खालको सहजता महसुस गर्नुहुन्छ ?
क्वाछाः यो समुदायपिच्छे फरक हुन्छ । कतिपय समुदायमा दृष्टिविहिनको चेतना छ भने नराम्रो व्यवहार गरिँदैन । कतिपय ठाउँमा अलि नराम्रो व्यवहार गर्ने गर्न सक्छ । उनीहरुको आँखा नै छैन । शरीरको सबैभन्दा महत्वपूर्ण भाग भनेको आँखा नै हुन भन्न ठान्छन् । हामीले शरीरको जुन भागबाट महत्वपूर्ण हो भन्छौं, खुट्टा नहुनु गाह्रो हो, हात हुनुपनि गाह्रो हो । जिब्रो नहुनु पनि गाह्रो हो । उनीहरु आँखै सबथोक भनेर कस्तो व्यवहार गर्छ । तर पहलाको तुलनामा अहिले त्यती अभद्र व्यवहार सहन परेको छैन ।

Exit mobile version