Home खेलकुद तेक्वान्दो कभर्ड हललाई अमेरिकाबाट सहयोग

तेक्वान्दो कभर्ड हललाई अमेरिकाबाट सहयोग

हेटौंडाः हेटौंडा–४, कर्रामा निर्माणाधिन तेक्वान्दो कभर्डहलका लागि अमेरिकाबाट सहयोग प्राप्त हुने भएको छ ।

तेक्वान्दो कभर्डहलका लागि अमेरिकास्थित एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोका संस्थापक कुमार कार्कीले आफ्नो परिवारकोतर्फबाट कभर्डहलका लागि २५ हजार एक रुपैयाँ सहयोगको घोषणा गर्नुभएको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको छ ।

अमेरिकाबाट सहयोग गर्नुहुने तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री कुमार कार्की (बायाँ) ।

अमेरिकामा रहनुभएका कार्की अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री समेत हुनुहुन्छ ।

Exit mobile version