Home कला डा. केसीको पक्षमा मकवानपुरका सर्जकहरु, र्‍याली, धर्ना र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने

डा. केसीको पक्षमा मकवानपुरका सर्जकहरु, र्‍याली, धर्ना र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने

हेटौंडाः स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्य सर्जकहरु आज सडकमा उत्रने भएका छन् । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा आज बिहान ११ बजे साहित्य संगम परिसरमा भेला भई हेटौंडा उपमहानगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिने कार्यक्रम रहेको सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार डा. गोविन्द केसी आमरण अनसन बस्नु भएको आज २४ औं दिन भएकोले जिल्ला प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिने र मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । डा. केसीको पक्षमा हेटौंडामा दैनिक जसो प्रदर्शन समेत भइरहेको छ । हेटौंडाको बुद्धचोकमा युवाको समूह प्लेकार्डसहित डा. केसीको माग पूरा गर्न सरकारलाई दबाव स्वरुप प्रदर्शन गरिरहेका छन् ।

Exit mobile version