Home खेलकुद अस्मिर गुरुङको अध्यक्षतामा ११ सदस्यीय लोकतान्त्रिक खेलकुद संघ गठन

अस्मिर गुरुङको अध्यक्षतामा ११ सदस्यीय लोकतान्त्रिक खेलकुद संघ गठन

हेटौंडाः अस्मिर गुरुङको अध्यक्षतामा आज हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा सबेन्द्र लामा, सचिवमा अनुप मानन्धर, कोषाध्यक्षमा इरोज थापा मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अमन श्रेष्ठ, सञ्जय लामा, सञ्जिब देउला, अमृत लामा, सरोज कोइराला, विकेश भ्लोन र विशाल लामा रहनुभएको छ ।

अध्यक्षमा चयन हुनुभएपछि गुरुङले नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडा कमिटीलाई बलियो बनाउन लोकतान्त्रिक संघले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाली कांग्रेस लोकतान्त्रिक संघ गठन कार्यक्रममा ८ जनाले पार्टी प्रवेश समेत गरेको जिल्ला लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष युवराज लामाले बताउनुभयो । नेपाल लोकतान्त्रिक खेल संघ मकवापनुर जिल्लाका सहकोषाध्यक्ष विकास बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा खेलकुद विभाग प्रमुख सुनिल दाहाल, नेपाली कांग्रेस नगर कोषाध्यक्ष कविन सांगामी, क्षेत्रीय सभापति गणेश उप्रेती, हेटौंडा–४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, कांग्रेस हेटौंडा–९ का सभापति विरेन्द्र लामा, लोकतान्त्रिक खेलकुद संघका जिल्ला उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कडेल, ४ नम्बर तरुण दलका सभापति विक्रम जिम्बा लामा, दिपेश खड्की लगायत विपि विचार समाज ४ नम्बर वडाका अध्यक्ष अर्जुन देवकोटाको पनि उपस्थिती रहेको थियो ।

Exit mobile version