समिति पुनर्गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः धनुषा जिल्लामा बुढ्यौली साहित्य समाज पुनर्गठन गरिएको छ । सोमबार साहित्यप्रेमी तथा शैक्षिक धरोहर नारायण विक्रम थापाको प्रमुख आतिथ्य एवम् बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य तथा बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सोमबार पुनर्गठित सात सदस्यीय समितिको अध्यक्षमा नानीराम दहाल, उपाध्यक्षमा टोपप्रसाद अधिकारी, सचिवमा भक्तबहादुर योन्जन, कोषाध्यक्षमा दुर्गा दहाल चयन हुनुभएको छ । यस्तै सदस्यमा नीलहरि गजुरेल, बालकृष्ण पहाडी र मुनादेवी दहाल चयन हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नारायण बिक्रम थापाले बुढ्यौली साहित्य समाज धनुषा गठनले साहित्यिक क्षेत्रमा एउटा इँटा थपिएको बताउनुहुँदै नयाँ समितिलाई मष्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी लिएर हिँडे उद्देश्यमा पुग्न सकिने सुझाव दिनुभयो ।